बिएल संवाददाता
नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन्।
नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिनादेखि कुरिरहेको बताएका हुन्।
उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफूलाई घाटा लागेको समेत बताए।
आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यतिबेला कतै नलागेको स्पष्ट गरे। नेता गाैतमले ओलीकै आगाडि भने, ‘म एमाले आउने तपाईंको खुट्टा तान्न आउने होइन। म तपाईंलाई अहिले भन्दा बलियो बनाउन आउने हो। २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ।’
सोही कार्यक्रममा ओलीले वामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया