बिएल संवाददाता
नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन्।
नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिनादेखि कुरिरहेको बताएका हुन्।
उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफूलाई घाटा लागेको समेत बताए।
आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यतिबेला कतै नलागेको स्पष्ट गरे। नेता गाैतमले ओलीकै आगाडि भने, ‘म एमाले आउने तपाईंको खुट्टा तान्न आउने होइन। म तपाईंलाई अहिले भन्दा बलियो बनाउन आउने हो। २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ।’
सोही कार्यक्रममा ओलीले वामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया