बिएल संवाददाता
गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)ले सामाजिक अभियन्ता गीता केसी दर्नाललाई समानुपातिक बन्दसूचीमा समावेश गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाएसँगै दलहरू आलोचनाले घेरिएका बेला गलोपा भने उत्कृष्ट ११ जनाको मात्रै नाम सिफारिस गरेर प्रशंसा पाइरहेको छ।
पार्टीका अनुसार आदिवासी जनजाति, दलित, महिला र अल्पसङ्ख्यक समुदायलाई प्राथमिकता दिएर सूची तयार गरिएको हो। त्यसैमा दलित महिलातर्फबाट गीता केसी दर्नाल सिफारिस भएकी हुन्।
पार्टी अध्यक्ष दिनेश प्रसाईंले भने, ‘हाम्रो सूचीमा सेलेब्रिटीहरू छैनन्, समाजमा संघर्ष गरेका आम नागरिकलाई स्थान दिएका छौं।’
अभियन्ता दर्नाल साझा सहयात्री नामको संस्थामार्फत ऋणपान र गहना बेचेर यौन हिंसामा परेका बालिकाहरू पालिरहेकी छिन्। सुरूमा ९ जना बालिका राखेर सुरू गरेको उनको संस्थामा अहिले दर्जन बढी बालिका छन्।
उनले बलात्कार, यौन हिंसामा परेका बालिकाहरूलाई फेरि बाँच्न सिकाइरहेकी छन्। उनी बालिकाहरूलाई खाना, लुगाफाटा, विद्यालय, उपचार, माया र आत्मसम्मान दिन्छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया