बिएल संवाददाता
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र माओवादीका १३ गरी ५२ जना सांसदको समर्थन रहेको छ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए। यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैँलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुगेका हुन्। उनले दायर गरेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया