बिहिबार, १५ जनवरी २०२६

३२ वर्षीया महिला बलात्कार आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

News Image
• • •

प्रहरीले ३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेतबाट एक पुरुषलाई पक्राउ गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बलात्कार आरोपमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

अनिरामले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!