शनिबार, १७ जनवरी २०२६

पार्टी फुटेपछि एमाले प्रवेश गरे कांग्रेस कपिलवस्तु–३ का उम्मेदवार, ओलीले दिए टिकट

बिएल संवाददाता

बिएल संवाददाता

कपिलवस्तु
News Image
• • •

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु–३ बाट एकल सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन्।

नेता कनौडियालाई शनिबार दिउँसो एमाले अध्यक्ष ओलीले सोही क्षेत्रबाट टिकट दिने सर्तमा पार्टीमा भित्र्याएका हुन्।

कनौडियाले कांग्रेसमा देखिएको किचलोमा फस्नुभन्दा एमालेबाट टिकट सुनिश्चित भएकोले पार्टी सदस्यता ग्रहण गरेको प्रतिक्रिया दिएका छन्।

कनौडिया यसअघि कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत बनेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!