महेश चौलागाईं
जुम्लामा निर्वाचन सुरक्षाका लागि खटाइने अस्थायी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ।
वडा अध्यक्षदेखि पत्रकारसम्मले मिलेमतोमा आफ्ना नजिकका व्यक्ति भर्ना गरिएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीमाथि पनि मिलेमतोमा आफ्ना मान्छे भर्ती गरेको आरोप लगाइएको छ।

उनीहरूले भर्ना प्रक्रिया पारदर्शी नभएको र पहुँचका आधारमा छनोट गरिएको दाबी गरेका छन्। आफ्नो नामसमेत लेख्न नजान्नेहरू निर्वाचन प्रहरीको लिखितदेखि मौखिक परीक्षामा पास भएको उनीहरूको दाबी छ।

यता डीएसपी रविन बाबुरेग्मीले भने ती आरोप अस्वीकार गर्दै वडा अध्यक्ष अर्जुन महताराले आफ्ना आफन्त र पार्टीका कार्यकर्तालाई भर्ना गराउन सिफारिस गरेको आरोप लगाएका छन्। रेग्मीले आफूले कुनै पनि किसिमको पक्षपात नगरेको र भर्ना प्रक्रिया नियमानुसार अघि बढाइएको दाबी गरेका छन्
विवाद चर्किँदै जाँदा केही पक्षबाट डीएसपी रेग्मीलाई ‘काम नलाग्ने डीएसपी’ जस्ता आरोपसमेत सार्वजनिक रूपमा लगाइएको छ। यसले निर्वाचन सुरक्षासम्बन्धी भर्ना प्रक्रिया थप विवादित बनेको छ।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया