महेश चौलागाईं
जुम्लामा निर्वाचन सुरक्षाका लागि खटाइने अस्थायी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ।
वडा अध्यक्षदेखि पत्रकारसम्मले मिलेमतोमा आफ्ना नजिकका व्यक्ति भर्ना गरिएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीमाथि पनि मिलेमतोमा आफ्ना मान्छे भर्ती गरेको आरोप लगाइएको छ।

उनीहरूले भर्ना प्रक्रिया पारदर्शी नभएको र पहुँचका आधारमा छनोट गरिएको दाबी गरेका छन्। आफ्नो नामसमेत लेख्न नजान्नेहरू निर्वाचन प्रहरीको लिखितदेखि मौखिक परीक्षामा पास भएको उनीहरूको दाबी छ।

यता डीएसपी रविन बाबुरेग्मीले भने ती आरोप अस्वीकार गर्दै वडा अध्यक्ष अर्जुन महताराले आफ्ना आफन्त र पार्टीका कार्यकर्तालाई भर्ना गराउन सिफारिस गरेको आरोप लगाएका छन्। रेग्मीले आफूले कुनै पनि किसिमको पक्षपात नगरेको र भर्ना प्रक्रिया नियमानुसार अघि बढाइएको दाबी गरेका छन्
विवाद चर्किँदै जाँदा केही पक्षबाट डीएसपी रेग्मीलाई ‘काम नलाग्ने डीएसपी’ जस्ता आरोपसमेत सार्वजनिक रूपमा लगाइएको छ। यसले निर्वाचन सुरक्षासम्बन्धी भर्ना प्रक्रिया थप विवादित बनेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया