बिएल संवाददाता
सुर्खेत प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार रवि किरण हमालले चुनावी अभियानका क्रममा देखिएका सञ्चारसम्बन्धी समस्याप्रति नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन्।
उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुने समस्या गम्भीर रहेको उल्लेख गर्दै चौबीसै घण्टा सेवा सुनिश्चित गर्न माग गरेका हुन्।
हमालले विशेषगरी सोलारबाट सञ्चालन भइरहेका टेलिकम टावरहरू पर्याप्त क्षमताका नहुँदा सेवा अवरोध हुने समस्या देखिएको भन्दै ती टावरहरूलाई तत्काल राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट जडान गर्न आग्रह गरेका छन्। यसले फोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार हुने र सर्वसाधारणको दैनिक जीवन सहज हुने उनको भनाइ छ।
निर्वाचनलाई केवल भोट माग्ने प्रक्रिया मात्र नठानी जनताका वास्तविक समस्या बुझ्ने र समाधानतर्फ पहल गर्ने अवसरका रूपमा लिएको हमालले बताए।
‘यसपालि म भोट मात्रै माग्दै छैन। जनताका समस्या सुनेर चुनाव अगाडि समाधान हुन सक्ने मुद्दाहरूलाई उठाउँछु,’ उनले भने।
उनका अनुसार सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसमा देखिएका समस्या तत्काल समाधान हुनु आवश्यक छ। चुनावी अभियानकै क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान र समाधानको प्रयास जारी राख्ने हमालले प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
प्रतिक्रिया