बिएल संवाददाता
सुर्खेत प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार रवि किरण हमालले चुनावी अभियानका क्रममा देखिएका सञ्चारसम्बन्धी समस्याप्रति नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन्।
उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुने समस्या गम्भीर रहेको उल्लेख गर्दै चौबीसै घण्टा सेवा सुनिश्चित गर्न माग गरेका हुन्।
हमालले विशेषगरी सोलारबाट सञ्चालन भइरहेका टेलिकम टावरहरू पर्याप्त क्षमताका नहुँदा सेवा अवरोध हुने समस्या देखिएको भन्दै ती टावरहरूलाई तत्काल राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट जडान गर्न आग्रह गरेका छन्। यसले फोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार हुने र सर्वसाधारणको दैनिक जीवन सहज हुने उनको भनाइ छ।
निर्वाचनलाई केवल भोट माग्ने प्रक्रिया मात्र नठानी जनताका वास्तविक समस्या बुझ्ने र समाधानतर्फ पहल गर्ने अवसरका रूपमा लिएको हमालले बताए।
‘यसपालि म भोट मात्रै माग्दै छैन। जनताका समस्या सुनेर चुनाव अगाडि समाधान हुन सक्ने मुद्दाहरूलाई उठाउँछु,’ उनले भने।
उनका अनुसार सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसमा देखिएका समस्या तत्काल समाधान हुनु आवश्यक छ। चुनावी अभियानकै क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान र समाधानको प्रयास जारी राख्ने हमालले प्रतिबद्धता व्यक्त गरेका छन्।

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया