बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने बताएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा आज आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा भट्टराईले अहिलेको व्यवस्थामा छ/छ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा राजनीति प्रणाली फेर्नुपर्ने बताएका हुन्।
‘सरकार छ/छ महिनामा फेरिएका छन्। त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ’, डा भट्टराईको भनाइ थियो।
उनले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए।
डा भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए।
उनले भने, ‘अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ। त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ।’
यस्तै, भ्रष्ट्राचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया