बिएल संवाददाता
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु)लाई समर्थन गर्ने घोषणा गरेका हुन्।
उनले कांग्रेस उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी तथा युवामैत्री सोचको कदर गर्दै समर्थन जनाएको बताएका छन्।
पौडेलले पार्टीको प्रतिबद्धता पत्र, राम्रा कामको सम्मान गर्ने र कमजोरीप्रति खबरदारी गर्ने नीतिलाई आत्मसात गर्दै सशर्त समर्थन गरेका हुन्। उनी नेविसंघका नेता हुन्।
‘जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलबाड गरियो, भ्रष्टाचार र दम्भ हाबी भयो भने म फेरि पनि कलम, आवाज र सडकबाट खबरदारी र विद्रोह गर्न पछि हट्ने छैन। अहिलेका लागि बदलिएको कांग्रेस र रुखमा मतदान गर्न अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’
उनले एक व्यक्तिको नभई युवा पुस्ताको र भविष्यको विजय हुने बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया