बिएल संवाददाता
नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको दाबी गरेको छ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा का प्रवक्ता देवराज चालिसेले प्रतिवेदनमा भदौ २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए।
उनले भने, ‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ। यसलाई विशेषगरी के भन्छौ भने प्रथम दृष्टिमा अपूर्ण र अधुरो देखियो। पूर्णता पाएको जस्तो देखिएको छैन्। २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएका जस्तो देखियो। यद्यपी त्यो प्रतिवेदन थप गम्भीर अध्ययन गर्छौं। हामीले एउटा धारणा बनाउन कानुनविद, प्रशासनमा अनुभव भएका, जेनजी आन्दोलनमा सहभागीहरूसँग छलफल गर्नेछौं।’
त्यस्तै उनले जनादेशबाहेक शासनको स्रोत अरु केही नभएको बताए। पार्टीले हारेपनि प्रणालीले हार्न नहुने उनको भनाइ छ।
‘देशको राजनीतिक परिवर्तनमा विशिष्ट स्थिति देखा परेको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। जनादेश बाहेक शासनको स्रोत अरु केही भन्ने कुरा स्थापित भएको छ। पार्टी हार्ने जित्ने भइरहन्छ, तर प्रणाली हार्न हुँदैन,’ उनले भने।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया