बिएल संवाददाता
सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईं पक्राउ परेका छन्।
अध्यक्ष केपी ओली पक्राउ परेको विरोधमा एमालेले आयोजना गरेको विरोध प्रदर्शनमा एमाले कार्यकर्ताहरूले ललितपुर महागरको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका वृद्धमाथि दुर्व्यवहार गर्दै हातपात गरेका थिए।
ज्येष्ठ नागरिकमाथि दुर्व्यहार गरेको सूचना पाएपछि गोदावरी नगरपालिका–१० टौखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईं (आरबी शर्मा)लाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा ज्येष्ठ नागरिकमाथि दुर्व्यहार भएको घटनामा लेखेका छन्ः ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।’
लगत्तै गृहमन्त्री गुरुङ आफैं मंगलबार राति पीडित ज्येष्ठ नागरिक भेट्न उनकै निवास पुगेका थिए।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया