बिएल संवाददाता
पर्साको विरगन्ज महानगरपालिकामा–१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित परिवारका अनुसार बालिका (परिवर्तित नाम– रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन्। सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए।
आरोपितको हात टोकेर भागिन् पीडित बालिका
आफूमाथि जबरजस्ती गर्न खोजेपछि ती बालिकाले अभियुक्त मियाको हातमा दाँतले टोकेर उम्कन सफल भएकी थिइन्। त्यहाँबाट भागेर घर पुगेकी बालिकाले परिवारलाई घटनाबारे जानकारी गराएपछि घटना बाहिर आएको हो।
घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए। पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिए लगत्तै प्रहरीले सक्रियता बढाएको थियो। लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाबालिकामाथि भएको यस जघन्य अपराधको प्रयासलाई लिएर विरगन्जवासीले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया