बिएल संवाददाता
पूर्व माओवादी नेता सुदन किरातीले बालेन शाह नेतृत्वको सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्गको पहिचान दिएकोमा आपत्ति जनाएका छन्।
किरातीले गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो? भन्दै प्रश्न गरेका हुन्।
मंगलबार सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’को ६ नम्बरको पूर्वाधार विकास बुँदामा पूर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्गको रुपमा उल्लेख गर्दै ३ वर्षभित्र स्तरोन्नती गर्ने उल्लेख छ।
उनले भनेका छन्,‘बालेन सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ नामाकरण गरेर बालेन सरकारले दिन खोजेको सन्देश के हो?’
देश बनाउँछु भन्ने नेताले के–के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र पर्याप्त नहुने भन्दै के–के गर्नु हुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरुरी हुने बताए।
यस्तै किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना दिँदै ‘यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ’ भनेकोप्रति पनि असन्तुष्टि जनाए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया