बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी प्रतिभा पाठकले संयुक्त राष्ट्र संघ (यूएन)मा काम सुरु गरेकी छन्।
पाठकले सामाजिक सञ्जालमार्फत स्विट्जरल्यान्डको जेनेभास्थित राष्ट्र संघको कार्यालयमा यूएनको एक निकायमा कार्यभार सम्हालेको तस्बिर राख्दै आफूले ३ महिनादेखि कार्यक्षेत्रमा रहेको खुलाएकी हुन्।
पाठकले यसलाई आफ्नो लामो समयदेखिको सपना पूरा भएको बताएकी छन्। उनले जेनेभाको प्रसिद्ध ‘लाक लेमान’ (जेनेभा ताल)को किनारै किनार कार्यालय जाँदा अझै पनि सपना जस्तै महसुस हुने गरेको अनुभव सुनाएकी छन्।
आफ्नो नयाँ कार्यअनुभवबारे उनले लेखेकी छन्, ‘अत्यन्तै प्रेरणादायी व्यक्तित्वहरूको बीचमा रहन पाउनु र विविध पृष्ठभूमि भएका सहकर्मीहरूसँगै काम गर्न पाउनु मेरा लागि गौरव र उत्साहको विषय हो।’
प्रतिभा प्रचण्डकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहालकी छोरी हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया