बिएल संवाददाता
कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्ने प्रयास भइरहेको आशंका गरेकी छन्।
कानुन दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाउनले प्रयास भइरहेको शंका व्यक्त गरिन्।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताक्रम मिच्दै ४ नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गरेको दुईदिनपछि एक नम्बर वरियताकी मल्लको यस्तो टिप्पणी आएको हो।
न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेको छैनौं भन्ने पनि प्रश्न उठिरहेको उनको भनाइ छ।
उनले भनेकी छन्–
आगामी दिनहरुसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा पनि सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालिक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धम्काउने, तर्साउने दुष्प्रयासलाई सहने वातावरण त निर्माण होला भन्ने डर पनि उठिरहेको छ। यदि यस्तो प्रवृत्तिलाई संवैधानिक, शासकीय, संरचनात्मक प्रक्रियाहरूको कुनै पनि स्थितिमा ग्राह्य वा सह्य वा प्रतिरक्षात्मक दृष्टिकोणले काम गर्यो भने तत्कालको आफ्नो शक्तिको उन्मादमा सहने वा पुष्टि गर्न खोजियो भने पनि यसको अनित्यता बुझ्न सकिनेछ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया