बिएल संवाददाता
नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्राण्ड होटल पौवाले आफ्नो १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै होटल पौवाले मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा आफ्नो सेवा विस्तार गरेको हो।
होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने तय गरिएको छ। उद्घाटनको अवसरमा होटल पौवाले तीन दिने ‘वृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गर्ने जनाएको छ। कार्यक्रममा पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिनेछ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जनकपुरधाममा चारतारेस्तरको होटल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएको बताए। उनले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण जनकपुरधाममा होटलको उपस्थितिले धार्मिक पर्यटन, आन्तरिक पर्यटन, रोजगारी र समग्र आतिथ्य उद्योगको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
होटलमा विभिन्न सुविधासहित ६२ वटा अतिथि कक्ष रहेका छन्। साथै स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पालगायत चारतारेस्तरका आवश्यक पूर्वाधार सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४ सै घण्टा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
उद्घाटन समारोह तथा वृहत् खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
होटल पौवाले चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। रुपन्देहीबाट सुरु भएको यात्रा आज जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष भण्डारीले बताए।
हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन्। साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको चौकीडाँडामा लक्जरी रिसोर्ट ‘पौवा वनवास’ निर्माणाधीन अवस्थामा रहेका छन्। गत वैशाखदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि चारतारेस्तरको होटल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा सामूहिक लगानीको अवधारणामा सञ्चालन भइरहेको संस्था हो। कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै कम्पनीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेको जनाएको छ।
अध्यक्ष भण्डारीका अनुसार जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ तथा अन्य धार्मिक एवं सांस्कृतिक गन्तव्यलाई जोड्ने यात्रामा होटल पौवा नेपाली तथा भारतीय पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ।
एकीकृत ब्राण्डअन्तर्गत गुणस्तरीयता, स्वच्छता र सेवा मापदण्ड कायम राख्दै पाहुनालाई सुरक्षित, सहज, आत्मीय तथा अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको छ। नेपाली स्वादलाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित होटल पौवाले आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति थप विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित होटल पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पुर्याउने यात्रामा निरन्तर अग्रसर रहने अध्यक्ष भण्डारीले बताए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया