बिहिबार, १५ अक्टोबर २०२६

अफताव आलमका छोरा कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

News Image
• • •

नेपाली कांग्रेसको सहमहामन्त्री (मधेसी क्लस्टर)मा डा. फिरदोस आलम निर्वाचित भएका छन्।

कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत निर्वाचनको जारी मतगणनाको मधेसी क्लस्टरको अन्तिम मतपरिणामअनुसार सहमहामन्त्री निर्वाचित भएका हुन्।

कांग्रेसले आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। उनी कांग्रेसका पुराना प्रभावशाली नेता स्वर्गीय मोहम्मद अफताब आलममा छोरा हुन्।

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेसको बिउ जोगाउने एक्ला सांसद हुन्। फिरदोस रौतहट–२ बाट निर्वाचित भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!