बिएल संवाददाता
अर्काको नाम र नक्कली हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ।
आयोगका अनुसार एबी (आङबाबु) राईको नाम र हस्ताक्षर प्रयोग गरी नेपाल प्रहरीका एक एआईजीविरुद्ध उजुरी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, का दीपक पुनमगरलाई कारबाहीस्वरुप दुई हजार रुपैयाँ जरिवाना गरिएको हो।
उजुरीमा डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण फिर्ता माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ घुस मागेको, सो रकममध्ये १५ लाख रुपैयाँ नगद र डीआईजीकी कान्छी श्रीमतीका नाममा चेकसमेत लिएको तथा धम्की दिएको दाबी गरिएको थियो।
तर, आयोगले गरेको अनुसन्धानका क्रममा आङबाबु राईले उक्त उजुरी आफूले नदिएको बयान दिएका थिए। पुनमगरले पनि राईको सहमतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराएको स्वीकार गरेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा उजुरीमा उल्लेख गरिएजस्तो डीआईजीले घुस मागेको वा धम्की दिएको घटना नै नभएको दुवै जनाले बयान दिएका थिए। अरूलाई दुःख तथा हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ बमोजिम पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरिएको अख्तियारले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया