बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ।
आउँदो साउन १७ र १८ गते काठमाडौँमा बस्ने गरी राप्रपाले जिल्ला अध्यक्षहरूको भेला बलाएकाे हाे।
भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको राप्रपाले बताएको छ।
राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बाँकीको विवरण, नयाँ सक्रिय सदस्यता वितरणको योजना, जिल्लाअन्तर्गतका सबै तहका कार्यसमितिको नामवली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरुलाई बैठकमा बोलाइएको छ।
भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नेछन् भने पार्टीका वरिष्ठ नेताहरुले पार्टी जीवनका विविध पक्षहरुमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया