बिएल संवाददाता
चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले क्रिकेट प्रेमीको सपना छिट्टै पूरा हुने विश्वास ब्यक्त गरेकी छिन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत गौतमबुद्ध रंगशाला निर्माणको चरणमा प्रवेश गरेको भन्दै उनले क्रिकेट प्रेमीलाई शुभ सन्देश दिएकी छिन्।
उनकाअनुसार अलपत्र गौतमबुद्ध रंगशाला निर्माणका लागि हिमालयन-कालिञ्चोक-बीबीआर जेभी छनोट भएको छ।
टेन्डर प्रकृयाबाट उक्त निर्माण कम्पनी छनौँट भएको र अबको हप्ता दिनमा महानगर र क्मपनीबीच सम्झौता हुने दाहालले जानकारी दिएकी छिन्।
उनअनुसार सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नुपर्ने छ।
‘सयौं व्यवधानहरूलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौं।हामी सबै नेपाली क्रिकेट प्रेमीहरूको सपना अब छिट्टै पुरा हुँदैछ’, दाहालले भनेकी छिन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया