
बिएल संवाददाता
चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले क्रिकेट प्रेमीको सपना छिट्टै पूरा हुने विश्वास ब्यक्त गरेकी छिन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत गौतमबुद्ध रंगशाला निर्माणको चरणमा प्रवेश गरेको भन्दै उनले क्रिकेट प्रेमीलाई शुभ सन्देश दिएकी छिन्।
उनकाअनुसार अलपत्र गौतमबुद्ध रंगशाला निर्माणका लागि हिमालयन-कालिञ्चोक-बीबीआर जेभी छनोट भएको छ।
टेन्डर प्रकृयाबाट उक्त निर्माण कम्पनी छनौँट भएको र अबको हप्ता दिनमा महानगर र क्मपनीबीच सम्झौता हुने दाहालले जानकारी दिएकी छिन्।
उनअनुसार सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नुपर्ने छ।
‘सयौं व्यवधानहरूलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौं।हामी सबै नेपाली क्रिकेट प्रेमीहरूको सपना अब छिट्टै पुरा हुँदैछ’, दाहालले भनेकी छिन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया