बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राईले १०औँ राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न्।
नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन्।
नेतृत्वमा माधवकुमार नेपाल निर्विकल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जवज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन्।
सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन्। त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन्। आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन्।
उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन्।
उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया