
बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदहरुले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चाैधरी)लाई दलकाे नेताबाट हटाइएकाे जानकारी संसद सचिवालयलाई गराएका छन्।
नाउपाका सांसदहरुले अध्यक्ष रञ्जितालाई दलकाे नेताबाट हटाउने निर्णयसहितकाे पत्र सचिवालयमा आज (साेमबार) दर्ता गराएकाे संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।
उनले प्राप्त पत्रबारे अनुसन्धान हुने बताए। ‘पत्र आएकाे छ। अब त्यसमा अध्ययन हुन्छ, अहिलेलाई यत्ति जानकारी गराएँ’, धमलाले बिएल नेपाली सेवासँग भने।
नाउपाका बहुमत सांसदहरुकाे आइतबार बसेकाे बैठकले अध्यक्ष श्रेष्ठलाई दलकाे नेताबाट हटाएर उक्त स्थानमा गंगाराम चाैधरी डगाैरालाई संसदीय दलकाे नेता बनाउने निर्णय गरेकाे थियाे।
उक्त निर्णयमा गंगाराम चाैधरी डगाैरा, अरुणकुमार चाैधरी, लालवीर चाैधरीकाे हस्ताक्षर छ।
यद्यपि, अध्यक्ष श्रेष्ठले त्यहाँ भएकामध्ये केही हस्ताक्षर ‘फेक’ भएकाे दाबी गरेकी छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया