आइतबार, १८ जनवरी २०२६

एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार बस्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा १२ समूह बनाएर छलफल गरिएको छ। ती दस्ताबेजबारे प्रतिनिधिहरुबिच सामूहिक छलफल गरिएको हो।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्ताबेजमाथि प्रस्तुति दिने कार्यतालिका छ। सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिने छ। 

बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए। एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!