बिएल संवाददाता
माओवादी निकट युवा संगठन अखिल (क्रान्तिकारी)ले संविधान संशोधन गर्न नपाइने बताएकाे छ।
सुदूरपश्चिममा पुगेर संगठनकी अध्यक्ष पञ्चा सिंहले संविधान संशोधन गर्न खाेजे खबरदारी गर्न अपील गरेकी छन्।
मुलुकमा अंक गणित र जोडघटाउका आधारमा पछि पारिएका समुदायको अधिकार खोस्ने प्रपञ्च शुरु भएको उनकाे भनाइ छ।
चुनावी परिणामका आधारमा गठबन्धन बन्नु र भत्कनु सामान्य हो, संसदीय राजनीतिमा सरकार फेरिनु पनि अनौठो होइन। तर मध्यरातमा समानुपातिक मास्ने, जनताले रगत बगाएर ल्याएको परिवर्तनका प्रावधान हटाउने गरि संविधान संशाेधनको मान्य हुँदैन', उनले भने।
उनले संविधान संशोधन गर्न खाेजे दलित, जनजाति, मधेसी, महिला र सबै अल्पसंख्यकलाई खबरदारी गर्न अपिल पनि गरिन्।
साेमबार एमाले र काँग्रेसबीच सत्ता सहयात्रा गर्ने र संविधान संशोधन गर्ने सहमति भएकाे थियाे। त्यसपछि त्यसकाे पक्ष र विपक्षमा बहस भइरकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया