बिएल संवाददाता
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेले दलीय सिण्डिकेट लागू गर्न खोजेको आराेप लगाएका छन्।
अध्यक्ष साहले बिहीबार विज्ञप्ति जारी गर्दै देशकै दुई ठूला दल मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको बताए।
उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएको आराेप लगाए।
यसैगरी अध्यक्ष साहले आईटी आर्मीद्वारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन्।
वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका माग गर्दै आईटी आर्मीले विगत १९ दिनदेखि विभाग घेर्दै आएको थियो।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपा अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन्।
साहको निर्देशनपश्चात आईटी आर्मीले विगत १९ दिनदेखि काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना कार्यक्रम आजैदेखि स्थगित गरेको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया