बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका साथै देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको बताएका छन्।
महासचिव पोखरेलले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले यस दिशामा सबैको सहयोग आवश्यक रहेको बताए।
साेमबार नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन।
मुलुकका दुई ठुला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने भएकाले सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोग हुनुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले एमालेले चार महिना पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि देश र जनताका समस्या समाधानमा सफल हुन नसकिएको बताए। ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’मा जनतामा रहेको निराशा चिर्ने कुरामा खासै रुचि देखिएन’, उनले भने।
प्रधानमन्त्री ‘प्रचण्ड’लाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्ने कुरामा प्रचण्डमा कुनै चिन्ता देखिएन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया