
बिएल संवाददाता
नेकपा (एमाले) ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ। आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले गत जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। उपमहासचिव ज्ञवालीका अनुसार ६६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ।
एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङका जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ।
यस्तै सचिवालय बैठकले सबै जिल्लालाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्न र भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया