बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने बताएका छन्।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन्।
उनले पार्टी सभापतिलाई आफू सरकारमा नजानेबारे जानकारी गराएको बताए।
सरकारलाई सचेत गराउने काम प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षकाे पनि भएकाे भन्दै उनले आफू सत्ता पक्षकै बेन्चमा बसेर सरकारलाई आवश्यक कुराको समर्थन गर्ने र परेको बेला प्रश्न पनि गर्ने बताए।
‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्छु हाम्रो पार्टीकाे नेता शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनुपर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ', महामन्त्री थापाले भने, ‘त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म। त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने। मेरो भूमिका सांसदको रुपमा रहन्छ।'
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया