बिएल संवाददाता
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ।
आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो।
नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो। हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ।
हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए।
उक्त मस्यदौलाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुनेगरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया