बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन्। शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन। म पहिलो चोटी प्रधानमन्त्री हुँदाखेरी नै कति दिन हो त्यो मलाई त्यति सरोकारको विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै लगाइसकेको थिए। तर म चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट।’
साथै उनले संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे। उनले एमाले र कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे।
उनले भने, ‘त्यो डर हो जसले तपाईलाइ जोडेर राखेको छ त्यो हो शुसासन, शुसासन कायम हुँदै जान थाल्यो भन्ने डरले यीनिहरूले हात मिलाएका हुन् । तर थाहा छ की छैन तिमीहरूको मूल्यांकन जनताले गरिरहेका छन्। ’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया