बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान खुल्ला आह्वान गरेका छन्। संसदमा विश्वासको मत माग्दै सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘संविधान संशोधन गर्ने नै हो भने आउनुस् खुल्ला छलफल गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं।’
उनले संविधान संशोधनको नाममा दुई ठूला दलहरू मिलेर २०४७ सालतिरै फर्किन थालेको आरोप पनि लगाए। उनले नयाँ सहमतिको नाममा संविधान संशोधनजस्तो जटिल कुरामा खेलवाड गर्न खोजिएको पनि बताए।
‘कतै स्थायित्वको नारा दिनुभएको छ। कतै संविधान संशोधन भन्नुभएको छ। गर्न खोजेको के हो र कसो हो भनेर हस्ताक्षर गरेको सहमति बाहिर ल्याउनै भएको छैन’ उनले भनेका छन् ‘राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेकपा माओवादी हो त्यसलाई किनारा लगाएर संविधान संशोधन हुन्छ? अस्थिरताको कारण देखाएर समानुपातिक प्रतिनिधित्व समाप्त गरेर साना दलहरूको अस्तित्व मेटाउँदै हुनुहुन्छ।’
उनले केही पश्चिमाहरूको नक्कल गरेर दुई दलीय व्यवस्था कायम गर्न खोजेको पनि आरोप लगाएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया