बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे।
‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउन सक्छन्। तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्ने छ। सफल ढंगबाट यो अगाडि बढ्छ’, सांसद बर्तौलाले भने।
उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए।
सांसद बर्तौलाले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासीले अपेक्षा राखेका छन्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया