
बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे।
‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउन सक्छन्। तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्ने छ। सफल ढंगबाट यो अगाडि बढ्छ’, सांसद बर्तौलाले भने।
उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए।
सांसद बर्तौलाले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासीले अपेक्षा राखेका छन्।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया