बिएल संवाददाता
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार आवश्यकता रहेको बताएका छन्।
मंगलबार नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको 'संविधान संशोधन: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता' विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।
दुई ठुला दल एक ठाउँमा उभिँदा निरकुंशता बढ्न सक्ने शंका रहेको भन्दै डा.कोइरालाले आफूहरुले सरकारले गरेका कामको मूल्यांकन संसदमा गर्ने बताए। साथै सरकारका कामको मूल्यांकन जनताले पनि गर्ने बताएका छन्।
देशलाई बचाउने जिम्मा काँग्रेसले लिए जस्तै संविधानलाई ट्रयापमा पर्नबाट जोगाउन नेपाल प्रेस युनियनको भूमिका पनि महत्वपुर्ण रहने डा.कोइरालाले बताए।
संविधान संशोधन गर्दा संसदमा रहेका सबै राजनीतिक दलहरुसँग सहमतिमा गरिनु पर्ने धारणा राखेका छन्। साथै नागरिक समाज र सोकारवालाहरुसँग समेत छलफल गरेर संविधान संशोधन गरिनुपर्ने धारणा राखेका हुन्।
डा.कोइरालाले संविधान संशोधन गर्ने नाउमा प्याण्डोराज बक्स खुल्ने त होइन भनेर शंका रहेको बताएका छन्।
नयाँ सरकारका सन्दर्भमा यस पटक गल्ति गरेर असफल हुने छुट नभएको भन्दै दुई ठुला दलहरुले आशा र भरोसा दिलाउनुपर्ने विषयमा गम्भीर रहनुपर्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया