बिएल संवाददाता
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ प्रदेश सरकार गठनमा कसैलाई रोक्ने वा छेक्ने भूमिकामा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन्।
काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोटमा व्यस्त छन्।
यही क्रममा नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेका चौधरीले काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुरागलाई मन्त्री बन्न नदिन दौडधूप गरिरहेको समाचारहरू प्रकाशित भएका थिए। चौधरीले यसलाई भ्रमपूर्ण समाचार भनेर खण्डन गरेका छन्।
‘नेताहरूबीच पारिवारिक, राजनीतिक, सामाजिक कुनै पनि बेमेल छैन। दलका नेता चौधरीले स्वर्गीय नेता खड्कालाई राजनीतिक तथा सामाजिकारुपमा आदर सम्मान गर्ने व्यक्तिमा राख्दै आउनुभएको छ’, उनको सचिवालयले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको ‘सरकार बनाउने, मन्त्री बनाउने विषय पार्टी र संसदीय दलको कुरा हो। प्रदेशसभा सदस्यहरु सबै जना मन्त्रीका योग्य हुनुहुन्छ। संसदीय दल भित्रको छलफलबाट नै सरकारमा सहभागिता र जिम्मेवारी तोकिन्छ।’
उनले आफू व्यक्तिगतरुपमा कसैलाई मन्त्री बनाउने वा नबनाउने भनेर कहिँकतै भूमिका नखेलेको पनि प्रष्ट पार्दै भनेका छन्, ‘यो पार्टीले गर्ने निर्णय हो। कसैलाई मन्त्री बनाउने वा नबनाउने भन्ने कसैको व्यक्तिगत कुरा हुनैसक्दैन।’
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया