बिएल संवाददाता
एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ।
एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
उनले भने, ‘दुई दिन गृहकार्य भएर १४ गते केन्द्रीय कमिटी टुङ्गो लगाउनेबारे छलफल भएको छ।’
असार २१ गते सकिएको एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो।
महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन्। २९९ जनाको केन्द्रीय कमिटी रहेन व्यवस्था रहेको एकीकृत समाजवादीले बाँकी २०६ जना थप्नुपर्ने छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया