बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिएपनि त्यो कागजमा मात्र सीमित भएको बताएका छन्।
शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन्।
उनले भने, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौं। सम्पत्तिको हक लेख्यौं, समानताको हक लेख्यौं, स्वास्थ्यको हक लेख्यौं, यातनाविरुद्दको हक लेख्यौं, सूचनाको हक लेख्यौं। तर हकका कुरा लेखिएपनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागि आत्मसम्मान पाइरहेको छैन। संविधानमा लेखिएका ती हकहरुले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम?’
साथै उनले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताए। उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे।
शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताए। उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ। तर, हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौं। २१औं शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौं, यसरी कसरी नागरिकलाई समानता प्रदान गर्नसक्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया