बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिएका छन्।
कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताए।
नेता थापाले भने, 'हामी जताततै सरकारमा छौँ, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्री, मन्त्री छौंँ, सङ्घीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौँ। जताततै सरकारमा कांग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन्।'
महामन्त्री थापाले वडा, नगरपालिका प्रमुखका उम्मेदवारको टिकट सोही ठाउँका क्रियाशील सदस्यले मतदान गरेर चुनेर पठाउनुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउँदै उनले आफू देश दौडाहामा जाँदा अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुःखेको बताएका छन्।
महामन्त्री थापाले भने, 'कांग्रेस आफै एक्लै चुनाव लड्न सक्षम छ, चुनाव जित्ने नाममा कुनै पार्टीसँग अब गठबन्धन गर्दैन, कांग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन्, नसके हार्छ, कांग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ।' उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको बताएका छन्।
देशमा कांग्रेस नभए जातीय, धर्म वा अन्य कुनै अतिवादको चपेटामा परेर देश गृहयुद्धमा फस्ने दाबी गर्दै महामन्त्री थापाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना जनआक्रोसको एउटा नमुना भएको बताए। देश दौडाहामा जाँदा अहिले जहाँततै नेपाली कांग्रेस सकियो, सबै भत्कियो भनेर कांग्रेसकै कार्यकर्तामा निराशा छाएको बताए।
कार्यक्रममा भक्तपुरका पुराना कांग्रेस नेता तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई जिउँदा शहीदको उपनाम दिँदै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी महामन्त्री थापाले सम्मान गरेका छन्। कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठलगायतका नेताहरुले कांग्रेसलाई अगाडि बढाउन सुदृढिकरण अभियान लिएर जानुपर्ने बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया