बिएल संवाददाता
मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ।
मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए।
हिम पहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेको भएपनि बेपत्ताको संख्या भने १० जनामाथि हुने अनुमान गरिएको खनालले जानकारी दिए।
उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए।
प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको र दुई जनाको शव सदरमुकाममा राखिएको जानकारी दिए।
बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया