बिएल संवाददाता
उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन्।
शनिबार काठमाडौं क्षेत्र नं. १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए। अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए।
‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जाने गरी भएको सहमतिको जगमा यो सरकार बनेको तपाईंहरूलाई थाहै छ।’
आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए। आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए।
अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको सिंहले बताए।
सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यम भएपनि दुरूपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया