बिएल संवाददाता
नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा शनिबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हाे।
बैठकको निर्णयबारे जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनमा यसबारे छलफल हुने बताए।
उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निर्णय गरेकाे छ।
यसैगरी बैठकले पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र अवसरबाट बञ्चित भएका योग्य व्यक्तिहरूलाई अवसर दिने निर्णय भएकाे विश्वकर्माले बताए।


अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया