
बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन्। पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे।
उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छु। पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ। त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ। आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु। अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन।’
पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरू जटिल बन्दै गएको दाहालको स्विकारोक्ति थियो। नेताहरूबीचको सम्बन्ध विगार्न केही पात्रहरूले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया