बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे।
अध्यक्ष नेपालले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ। सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ। मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन। खुला बहसको कुरा गर्नुपर्छ। कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने। मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो।’
उनले राजनीतिमा स्वच्छता नभएसम्म जनताकाे लागि केही गर्न नसकिने बताए।
उनले भने, ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ। तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो। निष्ठा, नैतिकत छ, एउटा अर्को पनि राखिदिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ–त्यो हो ‘स्वच्छता’। जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ती समर्पित भएर अघि बढ्न सक्दैनौँ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया