बिएल संवाददाता
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरि मनाइँदै छ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन्।
सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्।
‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया