बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणकाे क्रममा अनुसन्धानकाे सुई एमाले र काँग्रेसका शीर्ष नेताहरुतिर साेझिएकाे खुलासा गरेका छन्। अध्यक्ष प्रचण्डले साेमबार राति कान्तिपुर टेलिभिजनकाे फायर साइटमा अन्तर्वार्ताकाे क्रममा साे खुलासा गरेका हुन्।
‘ती फरार अभियुक्तहरु गिरफ्तार भएपछि सई अलि माथितिर पनि साेझिएकाे थियाे’, अध्यक्ष प्रचण्डले भने, ‘प्रमाणित थियाे भन्दिनँ म, अनुसन्धान गर्दै जाँदा त्यही पुग्थ्याे कि पुग्दैन थियाे त्याे चाहिँ बाँकी नै थियाे।’
कुराकानीकाे अंश:
रुपेश श्रेष्ठः के भुटानी शरणार्थी प्रकरणमा केही मानिसहरु पक्राउ भइरहँदा अब लहराे तान्दा पहराे गर्जिन्छ भनेजस्तै नेपाली काँग्रेसका र नेकपा एमालेका केही नेताहरु पनि त्यसमा पर्नेवाला थिए?
प्रचण्डः उहाँहरुलाई त्याे लाग्याे। अध्ययन अनुसन्धान गर्दै जाँदा त्यहाँ पुग्न पनि सक्थ्याे। मैले अहिले त्यहाँ पुगिहाल्थ्याे त भन्दिनँ तर सुई चाहिँ साेझिएकाे थियाे, मैले भन्ने गरेकाे छु नि सुई चाहिँ साेझिएकाे थियाे। फरार अभियुक्तहरु गिरफ्तार भइसकेपछि सुई अलि माथितिर पनि साेझिएकाे थियाे।
रुपेश श्रेष्ठ: माथितिर?
प्रचण्ड: अँ, साेझिएकै थियाे।
रुपेश श्रेष्ठ: पार्टीकाे नेतृत्वतिर?
प्रचण्ड: हाे, अँ साेझिएकै थियाे। साेझिएकाे थियाे भनेपछि बुझ्नु हाेला। प्रमाणित थियाे भन्दिनँ म साेझियाे। हुन्थ्याे कि हुँदैन थियाे, त्याे त अध्ययन अनुसन्धान गर्न बाँकी नै थियाे। तर, उहाँहरू यति तर्सिनु भयाे कि अब त आइहल्याे हामीकहाँ अब त हामी पनि गइहलिने भयाे भन्ने ठानेपछि संख्याकाे शक्ति प्रदर्शन गर्नेतिर साेच्नु भयाे। त्याे पनि ढाँट-छल, जाल-झेलकाे यति नराम्राे तरिका अपनाउनु भयाे नि। किनकि भयवित मानिसले जे पनि गर्छ नि।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया