बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेको बताउँदै शुभकामना सन्देशमा लेखेका छन्,‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन्। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ। यी पर्वहरूले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ।’
यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको भन्दै उनले महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
प्रतिक्रिया