बिएल संवाददाता
आज संघीय संसद् अन्तरगत चार समितिको बैठक बस्दैछ।
बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरि चार समितिको बैठक बस्न लागिएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफल हुने कार्यसूची रहेको छ भने बैठक दिनको १ बजे कानून समितिको सभाकक्ष हुन लागेको हो।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने बैठक विहानको ९ बजे बस्दैछ।
यसको साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहानको ११ः३० बजे बस्दैछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने स्थलगत अनुगमन प्रतिवेदन सम्बन्ध छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया