बिएल संवाददाता
माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को उमेर हदको विवाद टुङ्गो लगाउन भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।
नतिजाअनुसार क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद लागू भएको छ। उमेर हद छिनोफानोका लागि भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान भएको थियो।
उमेर हद लागू गर्नुपर्ने पक्षमा ९०० मत र उमेर हद खुल्ला हुनुपर्ने पक्षमा ८७९ मत परेको थियो। क्रान्तिकारीका नेताहरू दीपेश पुन, जीपी मैनाली, मदन भुल, नरेश रेग्मी, केशव रावललगायत उमेर हद खुल्ला हुनुपर्ने पक्षमा थिए।
उमेर हद लागू गर्नुपर्ने र संगठन वास्तविक विद्यार्थीको हातमा बुझाउनुपर्ने पक्षमा क्रान्तिकारीमा आवाज उठ्दै आएको थियो। स्ववियू सभापति, दुई सयभन्दा बढी क्याम्पस इकाइका अध्यक्ष, निवर्तमान केन्द्रीय उपाध्यक्ष क्षीतिज सापकोटा, प्रतीक कार्की, मदन राई, रोशन थापामगर, हेमन्त राई, अटल आचार्यलगायतका विद्यार्थी नेताहरू उमेर हदको पक्षमा थिए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया