बिएल संवाददाता
एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अमृत बोहराले भीम रावललाई ‘भीम रावल’ हुन बाध्य पार्टीले बनाएको आरोप लगाएका छन्।
अहिले जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रावल खनिएका छन्, त्यो सबै पार्टीकै कारणले भएको उनको भनाइ छ।
उनले अनुशासन आयोगलाई छानबिन गर्न नदिएर रावललाई पार्टीबाट निस्कासन गर्नु नेतृत्वको कमजोरी भएको बताए।
बोहराले पार्टीबाट ६ महिनाका लागि निष्कासित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पुनर्विचार गर्नुपर्ने धारणा राखे।
‘जसरी ३ जना कमरेडहरूलाई कार्वाही गरिएको छ, यो गलत भएको छ। यो सबै पार्टी नेतृत्वले गर्दा भएको हो। यो त मरिचकाे दानादाई बन्चराेले हानेसरी भयो। यसमा पार्टीले पुनर्विचार गर्नुपर्छ।’ उनले भने।
बोहराले व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान स्वीकार गर्नु पार्टी नेतृत्वको कमजोरी भएको बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया