बिएल संवाददाता
पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वप्रदेश सांसद् विमल कार्की कारबाहीमा परेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोपमा उनलाई निलम्बन गरिएको हो। कार्कीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाइएको एमालेले जनाएको छ।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष ओलीको नागरिकतावारे प्रश्न उठाएका थिए। कोलम्बिया काण्डमा ओलीको नागरिकताको तस्बिर पोष्ट गर्दै उनले ‘खड्गप्रसाद ओली’ र ‘केपी शर्मा ओली’ फरकफरक हुन् कि एउटै भनी खुलाइदिन आग्रह गरेका थिए।
‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनका साथ भन्दछन्’,उनले लेखेका छन्,‘तर, तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजहरुमा खड्गप्रसाद ओली भनेर लेखिएको छ। अनि अहिलेका प्रम भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकतासम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ। मैले बुझ्न चाहेको कुराः एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकताजस्तै मान्छे पनि फरक फरक नै हुन्? कसैले तथ्यसहित बुझाइदिनुहुन्थ्यो कि!’
पार्टी अनुशासन उल्लंघन गरेपछि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो। तर,जवाफ चित्तबुझ्दो नभएको भन्दै पछिल्लो सचिवालय बैठकले कारबाहीको निर्णय गरेको थियो। सो निर्णयलाई प्रदेश कमिटी बैठकले अनुमोदन गरेसँगै कार्की निलम्बनमा परेका हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया