बिएल संवाददाता
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न खोजेको आरोप लगाएका छन्।
प्रचण्डले गणतन्त्रमाथि खतरा पैदा भएको दाबी गरेपछि बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।
उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभइ सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन। बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाईन पनि भुटान भ्रमण प्रभावी हो? प्रमाण त छैन तर शंकाको सुविधा पाईयो। सजिलै गणतन्त्र खतरामा? आउँछ के र को? जवाफ खै?’
प्रचण्डले बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा सरकार यही तरिकाले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी दिएका थिए ।
प्रचण्डले भनेका थिए, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ। अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरा हुनसक्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया